• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु

images

प्रभाव न्यूज

१४ पौष २०८१
  • 5.2K
    SHARES
  • images
    कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु
    images
    images
    images

    सियोल- दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ ।

    images

    जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो ।

     

    यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

    अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ ।

    images

    न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो ।

    images

    विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो ।

    कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो ।

    एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो ।

    आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो ।

    अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ ।

    विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो ।

    भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।

    images
    images

    प्रकाशित :पौष १४, २०८१ आइतवार - १४:५५:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij