• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण

लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण

images

प्रभाव न्यूज

१४ पौष २०८१
  • 4.6K
    SHARES
  • images
    लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण
    images
    images
    images

    काठमाडौं - लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोकिएको हो ।

    images

    काभ्रेपलाञ्चोक प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले हेलिकप्टरमा चरा ठोक्किएपछि काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएको बताइन् ।

    उनले भनिन्, ‘हेलिकप्टरमा चरा ठोक्किएको जानकारी आएपछि प्रहरीको टोली त्यसतर्फ गएको छ । साँगामा आकास्मिक अवतरण भएको छ । मानवीय क्षति भएको छैन ।’

    ११ बजे लुक्लाबाट उडेको हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालक गरी ६ जना सवार थिए ।

    images
     

    नेपाल नागरिक उडड्न प्राधिकरणका सूचना अधिकरी ज्ञानेन्द्र भुलले हेलिकप्टरका ५ जना यात्रु गाडी चडेर काठमाडौं आएको बताए ।

    images

    उनले भने, ‘हेलिकप्टरमा चारा ठोकिएर साँगामा ल्याण्ड भएपछि यात्रुहरू भने गाडी चढेर काठमाडौं आएका छन् । हेलिकप्टरलाई प्राविधिक परीक्षणपछि मात्रै काठमाडौं ल्याइने छ ।’

    images
    images

    प्रकाशित :पौष १४, २०८१ आइतवार - १४:४९:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij