काठमाडौं – रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन्। उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।