• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


दुईजनाले समाते एक जनाले महिलामाथि जवरजस्ती गरे- प्रहरी

दुईजनाले समाते एक जनाले महिलामाथि जवरजस्ती गरे- प्रहरी

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 5.5K
    SHARES
  • images
    दुईजनाले समाते एक जनाले महिलामाथि जवरजस्ती गरे- प्रहरी
    images
    images
    images

    काठमाडौँ - मोरङको कटहरीमा एक २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनुकुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन्।

    कटहरी गाउँपालिका २ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई वेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाईमंगलवार उद्धार गरी तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान एवम् सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका २ कदमगाछीस्थित बाँसघारीमा लगेर करणी गरेको खुलेको प्रहरीले जनाएको छ।

    images

    ३ जनामध्ये रमजानले जबरजस्ती करणी गरेको तथा अन्य २ जनाले पीडितलाई समाउने कार्यमा सघाएको भन्ने खुल्न आएपश्चात तीनै जनालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

    images

    उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १७:०१:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij