खोटाङमा एकैदिन १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा ८ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना गरि १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आइतबार गरिएको एन्टीजेन परीक्षणमा उनीहरुलाई कोरोना देखिएको बताइएको छ।
हलेसी तुवाचुङ नगरपालिकामा-५ का ५०, ४४, ३८ र २८ वर्षीय पुरुष, हलेसी तुवाचुङ नगरपालिकामा-६ की ४१ वर्षीय महिला, हलेसी तुवाचुङ नगरपालिकामा -७ का ३२ वर्षीय पुरुष, हलेसी तुवाचुङ नगरपालिका -८ का ३९ वर्षीय पुरुष र गोलबजार नगरपालिका-१२ सिराहाका २७ वर्षीय पुरुष गरि ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ वर्षीय महिला, २६ वर्षका दुई पुरुष, ३१ वर्षीय पुरुष र ६४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक तीर्थराज आचार्यले जानकारी दिए।
जिल्लाभर कोरोनाबाट संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म ४० पुगेको छ ।