खोटाङ - खोटाङमा थप पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर- १४ बुईपाका पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
वडा नम्बर -१३ नुनथलामा पनि एन्टिजिन परिक्षणको काम भइरहेकोले थप विवरण आउन बाँकी छ। अबको एक घण्टापछि पूर्ण विवरण प्राप्त हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक तीर्थराज आचार्यले जानकारी दिए।
कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम धमाधम भइरहेको आचार्यको भनाई छ। हिजो शुक्रबार जिल्लामा एकै दिन १० जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो।
साकेला गाउँपालिकाका ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो। जिल्लाभर कोरोनाबाट संक्रमितको संख्या भने यो समाचार तयार पार्दासम्म २७ पुगेको छ ।