• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल

आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल

images

प्रभाव न्यूज

१० फाल्गुण २०८०
  • 15.8K
    SHARES
  • images
    आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल
    images
    images
    images

    मेष : दिन राम्रो छ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा उतार चढाव रहने छ। परिवार र प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ।

    images

    वृष : समय राम्रो छ। धन हात पर्नेछ। कर्ममा जुट्ने दिन हो। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र अब्बल रहेका छन्। परिवारको साथ र सहयोग राम्रो छ।

    मिथुन : दैनिकी राम्रो छ। गुरुबाट साथ र सहयोग हुनाले मनमा उत्साह थपिने छ। कर्म क्षेत्रमा गरेको लगानीबाट घाटा हुँदैन। प्रयास भने निरन्तर गर्नुपर्ने देखिन्छ। विदेशमा भन्दा स्वदेशकै रोजगारीमा मन रमाउने छ। परिवारसँगको सम्बन्ध र माया प्रेम सुमधुर बन्नेछ।

    कर्कट : समय राम्रो छ। चन्द्रमा दाहिना छन्। मनमा उत्साह बढ्नेछ। समाजमा प्रशंसा मिल्नेछ। बोलीमा होस् नपुग्दा जालमा फस्ने खतरा रहेकाले सोचेर बोल्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

    images

    सिंह : दैनिकी राम्रो छ। श्रमको क्षेत्रमा फाइदा हुनेछ। स्वदेशकै लगानीमा फाइदा हुनेछ। परिवारसँगको वादविवादले घाटा हुनसक्छ। आजको दिन धेरै तर्क नगर्नु राम्रो हुन्छ। थोरै बोल्नु नै हितकारी हुनेछ।

    images

    कन्या : दिन राम्रो छ। शान्त रहने र आफ्नो कर्मको फलमा सन्तुष्ट हुनुपर्ने योग रहेको छ। इष्टमित्र दाहिना छन्। रोगले छोड्ने छ। लगानीको राम्रो प्रतिफल मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

    तुला : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। प्रतिस्पर्धी शान्त छन्। शिक्षाको लगानीबाट सोचेजस्तो फल नमिल्न सक्छ। पुरानो रोग बढ्ने खतरा देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विदेशको लगानीले उत्साह बढ्नेछ।

    वृश्चिक : दैनिकी सामान्य छ। आफन्तबाट आरोप सुन्नुपर्नेछ। वर र पिपलको दर्शन गरेमा काम बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। अभिभावकले अघि सरेर बोलेको काम राम्रो बन्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : दैनिकी सामान्य छ। शनिदेवको छाया योग छ। हनुमानको भक्ति गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

    कुम्भ : समय सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको नाममा काम गर्नु राम्रो हुन्छ। यात्रामा सचेत हुनुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

    मीन : दिन राम्रो छ। आम्दानीका बाटा धेरै हुनसक्छन्। लगानी गरेमा घाटा हुने छैन। धेरै राम्रो कामलाई थाती राखेर नराम्रो कामको खोजी गरिरहेका हुन्छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट राम्रो साथ रहने छ।

    images
    images

    प्रकाशित :फाल्गुण १०, २०८० बिहिवार - ०७:३९:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij