• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै काठमाडौँ महानगर, दरखास्त आह्वान

सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै काठमाडौँ महानगर, दरखास्त आह्वान

images

प्रभाव न्यूज

१७ कार्तिक २०८०
  • 9.2K
    SHARES
  • images
    सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै काठमाडौँ महानगर, दरखास्त आह्वान
    images
    images
    images

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ ।

    images

    महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने लागेको हो । त्यसका लागि दरखास्त आह्वान गरेको छ।

    पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

    महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

    images

    आवेदकहरूमध्ये विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणमार्फत छनोट गरिने महानगरले जनाएको छ । विद्यालय समायोजन वा थपघट भएमा सङ्ख्या थपघट हुनसक्ने महानगरले जनाएको छ । महानगरले मंसिर १ गतेसम्म इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ ।

    images

    प्रधानाध्यापकका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । माध्यमिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि एक हजार ५०० र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ ।

    महानगरले स्रोत शिक्षकका लागि समेत दरखास्त आह्वान गरेको छ । स्रोत शिक्षक व्यवस्थापन कार्यविधि २०८० अनुसार ११ जना स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

    महानगरले २ जना अंग्रेजी विषय, २ जना नेपाली, ३ जना गणित, २२ जना सामाजिक र विज्ञान विषयको स्रोत शिक्षकको माग गरेको हो । स्रोत शिक्षकको हकमा माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको शिक्षक हुनुपर्नेछ ।

    ती शिक्षक काठमाडौँ महानगरपालिका भित्रको सामुदायिक विद्यालयमा कार्यरत रहेको हुनुपर्नेछ ।

    images
    images

    प्रकाशित :कार्तिक १७, २०८० शुक्रवार - १७:००:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij