• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कोभिड विरुद्ध स्वयंसेवक नियुक्त गर्दै केपिलासगढी

कोभिड विरुद्ध स्वयंसेवक नियुक्त गर्दै केपिलासगढी

images

प्रभाव न्यूज

१७ बैशाख २०७८
  • 9.6K
    SHARES
  • images
    कोभिड विरुद्ध स्वयंसेवक नियुक्त गर्दै केपिलासगढी
    images
    images
    images

    खोटाङ -  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन खोटाङको केपिलासगढी गाउँपालिकाले हरेक वडामा स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको छ ।

    images

    नयाँ भेरियन्ट सहितको कोरोना भाइरस तिव्ररुपमा बढीरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई प्रभावकारी बनाउनका लागि कार्यपालिका, स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तिय संस्था, सुरक्षा निकाय, उद्योग बाणिज्य संघको बिहिबार बसेको बैठकले हरेक वडामा सेवा सुविधा दिनेगरी एक–एक जना स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको हो ।

    कोरोनाको महामारीकाबिचमा पालिकाभन्दा बाहिरबाट गाउँ भित्रिने व्यक्ती होम क्वारेन्टिनमा बसे÷नवसेको अनुगमन गर्ने र सोको जानकारी वडा तथा पालिकालाई उपलव्ध गराउने, वडामा आइसोलेसन सेन्टर निर्माणका लागि पहल र समन्वय गर्ने, कोभिडबाट बच्न र बचाउनका लागि सचेतनामुलक गतिविधिलाई टोल–टोल पु¥याउने लक्ष्यका साथ वडा–वडामा कोभिड–१९ विरुद्धको स्वयंसेवक राख्ने तयारी गरिएको केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल राईले बताए ।

    ७ वडा रहेको गाउँपालिकाले मासिक १५ हजार सेवा सुविधा दिने शर्तमा हरेक वडामा स्वयंसेवक राख्ने निर्णय गरेको जनाएको छ । वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले स्वयंसेवक नियुक्ती गर्ने व्यवस्था मिलाइएको छ ।

    images

    यस्तै, गाउँपालिकाले स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट चुडामणी जैसीलाई कोभिड फोकल पर्सन तोक्ने, फोकल पर्सनलाई प्रोत्साहन स्वरुप खाइपाइ आएको मासिक तलव भत्ताको २० प्रतिशत बराबरको हुन आउने रकम कोभिड कोषबाट उपलव्ध गराउने, क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मीलाई खटिएको दिनको दैनिक एक हजार प्रोत्साहन वापत सुविधा दिने, प्रत्येक वडाको स्वास्थ्यचौकीमा कोरोना हेल्थडेस्क निर्माण गर्ने, हाल बाक्सिलामा बसपार्क रहेको जग्गामा क्वारेन्टिन तथा आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गरेको छ ।

    images

    यस्तै, पालिकाको प्राविधिक शाखाबाट लगत इष्टिमेट तयार गरी बैसाख १९ गतेदेखि क्वारेन्टिन तथा आइसोलेसन वार्ड निर्माण सुरु गर्ने, क्वारेन्टिन तथा आइसोलेसन वार्ड निर्माणका लागि आवश्यक सामग्री पालिकाले खरिद गर्ने लगायतका निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । १० दिनका लागि यातायात बन्द केपिलासगढी गाउँपालिकाले यातायात सेवा १० दिनका लागि बन्द गरेको छ ।

    कोभिड–१९ को संक्रमण भित्रिने सम्भावना बढेकाले गाउँपालिकाले अत्यावश्यक सामग्री एवं निर्माणका सामग्री बोकेका सवारी साधन बाहेक अन्य किसिमका सवारी साधन आवत–जावतमा रोक लगाएको हो ।

    यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा बुधबार बढी भिडभाड हुने भएकाले बन्द गर्ने, पालिकाभन्दा बाहिरबाट आउने मानिसलाई अनिवार्यरुपमा होम क्वारेन्टिनमा राख्ने, होम क्वारेन्टिनमा बसे-नबसेको अनुगमन तथा निरीक्षण वडा कार्यालयले गर्ने, गैर–सरकारी संघसंस्था तथा वित्तिय संस्थाले गाउँ–गाउँमा सामुहिकरुपमा गर्दैआएको बैठक, भेला जस्ता कार्य तत्काल बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    images
    images

    प्रकाशित :बैशाख १७, २०७८ शुक्रवार - २१:२३:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij