• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


कोरोना संक्रमणबाट खोटाङका एक सहकारीका अध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट खोटाङका एक सहकारीका अध्यक्षको मृत्यु

images

प्रभाव न्यूज

१६ बैशाख २०७८
  • 12.7K
    SHARES
  • images
    कोरोना संक्रमणबाट खोटाङका एक सहकारीका अध्यक्षको मृत्यु
    images
    images
    images

    खोटाङ - कोभिड-१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो। केही समय अघि मात्र पोखरा पुगेका जोशीको बुधबार राती मृत्यु भएको आफन्तले बताएका छन्। कोभिड-१९ ले संक्रमित भएपछि अध्यक्ष जोशी पोखराकै एक अस्पताल भर्ना भएका थिए।

    दिक्तेल निवासी जोशीलाई बिराटनगर पुगेर पोखरा जानेक्रममा कोभिड-१९ को संक्रमण भएको अनुमान गरिएको छ। संक्रमण भएपछि जोशीले दिक्तेलका आफन्तलाई फोनमार्फत संक्रमण भएको बारेमा जानकारी गराएका थिए।

    व्यवसायी एवं सहकारीका अभियानकर्मी जोशीको निधनमा जिल्लाका राजनैतिक दलका नेता, जनप्रतिनिधि, सहकारी एवं शुभेच्छुकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन्।

    images

    images
    images

    प्रकाशित :बैशाख १६, २०७८ बिहिवार - २०:०७:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij