खोटाङबाट धरान जाँदै गरेको सुमो जीप आज उदयपुरको फोक्सिन्टारमा दुर्घटना भएको छ।
उदयपुरको रौतामाई गाउँपालिका ५ घुम्नेमा अचानक ब्रेक फेल भई दुर्घटना हुँदा सुमो चालक सहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
खोटाङबाट गाईघाट हुँदै धरान तर्फ जाँदै गरेको ज ३०२७ नम्बरको सुमो दुर्घटना हुँदा सुमोमा सवार चालक सुनसरीका रामधुनि नगरपालिका ३ बस्ने ४० बर्षिय रामकुमार खत्री सहित ८ जना घाईते भएको गौतमले जाकारी दिए।
घाईते १ जनालाई न्युरो हस्पिटल रेफर गरिएकको छ भने अन्य घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।