• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

images

प्रभाव न्यूज

१४ बैशाख २०७८
  • 20.3K
    SHARES
  • images
    घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन
    images
    images
    images

    प्रदेश-१ सामाजिक विकासमन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् ।

    images

    उनले प्रदेश-१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेकी हुन् । कार्यदलमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाइँ, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ रहेका छन् ।

    कार्यदलको सदस्य–सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई छन् । कार्यदलले ४५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ । अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख १४, २०७८ मंगलवार - ०९:४५:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij