• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गौवंश हत्याको विरुद्ध राप्रपाले विरोध सभा गर्ने

गौवंश हत्याको विरुद्ध राप्रपाले विरोध सभा गर्ने

images

प्रभाव न्यूज

२५ भाद्र २०८०
  • 11.7K
    SHARES
  • images
    गौवंश हत्याको विरुद्ध राप्रपाले विरोध सभा गर्ने
    images
    images
    images

    काठमाडौँ - राप्रपाले भदौ २७ गते काठमाडौमा बृहत विरोध सभा गर्ने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोही विरुद्ध विरोध सभा गर्न लागिएको जनाएको हो।

    images

    भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दवाव दिनका लागि विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ।

    गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि राप्रपाले जानकारी दिएको छ।

    देशद्रोहीविरुद्ध आन्दोलन स्वरूप राप्रपाले विरोध सभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताए। शाहीले विभिन्न प्रकरणको अनुसन्धान नेताहरूमाथि आएपनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे।

    images

    उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चुनौती दिए। राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ।

    images

    images
    images

    प्रकाशित :भाद्र २५, २०८० सोमवार - २०:४७:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij