• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


यस कारण पाथीभरा देवीको मन्दिरमा पूजापाठ गर्न रोक लगाइयो

यस कारण पाथीभरा देवीको मन्दिरमा पूजापाठ गर्न रोक लगाइयो

images

प्रभाव न्यूज

११ बैशाख २०७८
  • 11.9K
    SHARES
  • images
    यस कारण पाथीभरा देवीको मन्दिरमा पूजापाठ गर्न रोक लगाइयो
    images
    images
    images

    ताप्लेजुङ- प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुका लागि पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ।

    images

    दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो।

    पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लागाइने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

    यसैबीच कोरोना संक्रमणको दर तीव्र बनेसँगै आजबाट काठमाडौँको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरुका लागि पूजापाठमा अनिश्चितकालीन रोक लगाइएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ११, २०७८ शनिवार - ०९:०९:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij