• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


आज पनि मौसममा खरावी, हावाहुरी चट्याङसहित पानी पर्ने

आज पनि मौसममा खरावी, हावाहुरी चट्याङसहित पानी पर्ने

images

प्रभाव न्यूज

११ बैशाख २०७८
  • 16.7K
    SHARES
  • images
    आज पनि मौसममा खरावी, हावाहुरी चट्याङसहित पानी पर्ने
    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि-मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको छ।

    images

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ।

    दिउँसो यी दुई प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उपत्यकाको न्युनतम तापक्रम आज विहान १२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ।

    images

    दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। भोलि वैशाख १२ गते आइतबार देशका अधिकांश भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ११, २०७८ शनिवार - ०९:०४:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij