• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


नेपाल पक्षका सांसदमाथि तत्कालै कारबाही अगाडी बढ्छ : भट्टराई

नेपाल पक्षका सांसदमाथि तत्कालै कारबाही अगाडी बढ्छ : भट्टराई

images

प्रभाव न्यूज

९ बैशाख २०७८
  • 13.7K
    SHARES
  • images
    नेपाल पक्षका सांसदमाथि तत्कालै कारबाही अगाडी बढ्छ : भट्टराई
    images
    images
    images

    काठमाडौं-  नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका छन्।

    images

    नेकपा (एमाले)ले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो।

    बिहीबार न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टीकरण बुझाउन थालेको र प्राप्त स्पष्टीकरणको विश्लेषण गरेर थप कारबाही अगाडी बढाउने बताए।

    केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टिकरण पत्र पठाएको बताए। पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टिकरण सोधिएको भट्टराईले बताए। उनले भने, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ ।

    images

    सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरु भएका छन्। कर्णाली प्रदेशको ह्वीप उल्लङ्घनलाई निर्देशन गर्ने काम भएको छ।

    images

    हाम्रो पार्टीलाई समाप्त गर्न चाहाने केही व्यक्तिहरुसँग पटक पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरू हुने, अध्याँरा कोठाहरूमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिंड्ने।’

    नेपाल पक्षका सांसदबाट आएको स्पष्टीकरणको विश्लेषण गरेर हामी थप कारबाही अगाडि बढ्ने बताए। ‘हामी ह्वीप उलङ्घन गरेर पनि तपाईलाई जिताउँछौँ जसरी पनि केपी ओलीलाई सरकारबाट हटाउनु प¥यो भन्ने प्रकारका कुराहरु जसरी गर्दै हुनुहुन्छ त्यो एक किसिमको लज्जाबोध गर्नुपर्ने कुरा हो। हामीले त्यसलाई स्पष्ट पार्न उहाँहरुलाई भनेका छौँ। स्पष्टिकरण बुझाउने क्रम जारी नै छ। त्यसको विश्लेषण गरेर हामी थप कारबाही अगाडि बढाउँछौँ,’ उनले भने ।

    प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निस्कासन गर्ने पनि बताए।

    उनले भने, ‘कर्णाली प्रदेशका पाँच जना विधेयकहरुले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टीकरण सोधेको छ।

    उहाँहरु माथि पार्टीले कारबाही गर्छ । पार्टीले निष्काशन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैनौँ।’ पार्टीले स्पष्टिकरण सोधे सँगै माधव नेपाल पक्षका सांसदहरुले स्पष्टीकरण दिने निर्णय गरेका थिए। हाल सांसदहरुले स्पष्टिकरण बुझाउन थालेका छन्।

    images
    images

    प्रकाशित :बैशाख ९, २०७८ बिहिवार - १९:४९:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij