• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्छु : प्रचण्ड

प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्छु : प्रचण्ड

images

प्रभाव न्यूज

९ बैशाख २०७८
  • 15.2K
    SHARES
  • images
    प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्छु  : प्रचण्ड
    images
    images
    images

    काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखापरेको बताएका छन् ।

    images

    लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताएका हुन्।

    उनले भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’ ‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ।

    देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो,’ उनको भनाइ छ ।

    images

    तत्कालिन सोभियत संघलाई एकताबद्ध गर्न महान् लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने प्रचण्डको जिकिर छ ।

    images

    पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपील पनि गरेका छन् ।

    images
    images

    प्रकाशित :बैशाख ९, २०७८ बिहिवार - ०९:०१:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij