• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनें भन्नुभएको छैन : नारायणकाजी श्रेष्ठ

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनें भन्नुभएको छैन : नारायणकाजी श्रेष्ठ

images

प्रभाव न्यूज

२१ आषाढ २०८०
  • 7.1K
    SHARES
  • images
    प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनें भन्नुभएको छैन : नारायणकाजी श्रेष्ठ
    images
    images
    images

    चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् ।

    images

    यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको बताए ।

    ‘हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो र यही जननिर्वाचित सरकार र जनताको शासन प्रणालीको निम्ति सबभन्दा बढी संघर्ष गर्ने नेतामध्ये उहाँ पर्नुहुन्छ भन्ने सबैलाई थाहा छ ।

    त्यो अर्थमा प्रधानमन्त्रीले भन्नु भएको हो भन्ने कुरा मिल्दैन,’ उनले भने । नेपालको सरकार बनाउनको निम्ति विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुनै नसक्ने बताउँदै श्रेष्ठले भने, ‘बाहिर आएको समाचारमै पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नु भएको छैन ।’ कुनै व्यक्तिले शुभेच्छाका कारणले सहयोग गर्छ भने त्यो अलग कुरा हुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘जहाँजहाँ दौडेर हुन्छ म सहयोग गर्छु भन्या छ भने त्यो उहाँको कुरा हो । तर नेपालको प्रधानमन्त्री अन्त कहीँबाट बन्दैन, यहीँबाट बन्छ ।’

    images

    यही असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।

    images

    एक अर्को प्रसंगमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकारले जनपक्षीय काम गर्दै आएको भन्दै यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’

    भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गरेको बताउँदै गृहमन्त्री श्रेष्ठ मिटरब्याज पीडितलाई न्याय पुग्ने गरी सरकारले काम गर्ने बताए ।

    सरकारको विपद् व्यवस्थापन तयारी सम्वन्धी प्रश्नमा गृहमन्त्री श्रेष्ठले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए ।

    images
    images

    प्रकाशित :आषाढ २१, २०८० बिहिवार - ०९:५६:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij