• आइतवार, कार्तिक २३ गते २०८३

TRENDING :

Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते


आजको राजनीतिक विशेष

प्रचण्डको दौराको फेरो समात्न खोज्दा माधव नेपाल पुगे चेपुवामा

प्रचण्डको दौराको फेरो समात्न खोज्दा माधव नेपाल पुगे चेपुवामा

images

प्रभाव न्यूज

८ बैशाख २०७८
  • 13.7K
    SHARES
  • images
    प्रचण्डको दौराको फेरो समात्न खोज्दा माधव नेपाल पुगे चेपुवामा
    images
    images
    images

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोसँग निकट भएर राजनीतिक सहकार्य गर्छन्, ऊ कि चरम अलोकप्रिय हुन्छ कि उसको राजनीतिक भविष्य धरापमा पर्छ।

    images

    विगत डेढ दशकदेखि यस्तो दृश्य नेपाली राजनीतिमा देखिँदै आएको छ। माओवादी युद्ध छाडेर शान्ति वार्तामार्फत मूलधारको राजनीतिमा आएका प्रचण्डले कुनै बेला गिरिजाप्रसाद कोइरालासँग निकट भएर राजनीति गरे। जुनसुकै बेला प्रचण्डलाई कोइराला आवश्यक पथ्र्यो ।

    आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पनि प्रचण्डले गिरिजाप्रसादको दौराको फेर समातेका थिए। तर, उनै प्रचण्डले गिरिजाप्रसादलाई राष्ट्रपति बन्नबाट रोके। अन्तिम समयमा गिरिजाप्रसाद अलोकप्रिय बन्न पुगे। त्यसपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग निकट भए। एमाले र माओवादी केन्द्रलाई एक गरेर नेकपा बनाए। हरेक दिन ओलीसँग वार्ता गर्थे।

    बालुवाटारमा घन्टौं बिताउँथे। तीन वर्ष यसरी नै बिताए। पछि ओलीसँग उनको डिभोर्स भयो। अहिले फेरि उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अघिपछि लगाएर हिँडेका छन्। माधव नेपालसँग आफ्नो ‘डप लभ’ परेको बताउन थालेका छन्। प्रचण्डको यस्तै अभिव्यक्तिले माधव नेपालको राजनीति भने धरापमा परेको छ।

    images

    अर्काको राजनीतिक एजेन्डा बोकेर हिँडेको भन्दै ओलीले माधव नेपाल र उनी पक्षका २७ सांसदको पद नै खाइदिने भएका छन्। यदि ओलीले माधव नेपालसहितलाई कारबाही गरेमा उनले कि त नयाँ पार्टी दर्ता गर्नुपर्ने हुन्छ, कि त ओलीकै शरणमा पर्नुपर्ने हुन्छ। जे गरे पनि माधव नेपाल अहिले निकै अप्ठेरोमा परेका छन्।

    images

    प्रचण्डकै कारण सत्तारुढ एमाले फुटको संघारमा पुगेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएका छन्।

    पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ।

    नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ। यदि आज माधव पक्षले बुझाएको स्पष्टीकरण चित्त नबुझेमा ओलीले माधव पक्षलाई कारबाही गर्ने निश्चित छ।

    images
    images

    प्रकाशित :बैशाख ८, २०७८ बुधवार - १५:३२:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij