• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज हावाहुरी, चट्याङ्गसहित वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

आज हावाहुरी, चट्याङ्गसहित वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

images

प्रभाव न्यूज

८ बैशाख २०७८
  • 19.9K
    SHARES
  • images
    आज हावाहुरी, चट्याङ्गसहित वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?
    images
    images
    images

    काठमाडौँ  - देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली रहने भएको हो।

    images

    अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य वदली बदली रहेको मौसमविदले बताएका छन्।

    बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

    यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

    images

    यसैबिच सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०७८ बुधवार - ०८:५४:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij