• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


माधव नेपालको योजनामा थप तुषारापात, गोकर्ण बिष्टसहित यी आठ सांसदले छोडे साथ

माधव नेपालको योजनामा थप तुषारापात, गोकर्ण बिष्टसहित यी आठ सांसदले छोडे साथ

images

प्रभाव न्यूज

८ बैशाख २०७८
  • 29.7K
    SHARES
  • images
    माधव नेपालको योजनामा थप तुषारापात, गोकर्ण बिष्टसहित यी आठ सांसदले छोडे साथ
    images
    images
    images

    काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको योजनाअनुसार नेकपा एमालेलाई तहस नहस पार्ने निलम्बित नेता माधवकुमार नेपालको योजनामा थप तुषारापात भएको छ।

    images

    लामो समयदेखि नेपाललाई साथ दिँदै आउनु भएका एमालेका सचिव गोकर्ण बिष्टसहित आठ जना प्रतिनिधिसभा सदस्यले पार्टी बिभाजनमा नलाग्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा उभिने निर्णय लिएपछि माधवको थप कमजोर बन्नुभएको हो।

    नेकपा कायम रहँदा प्रचण्डलाई नेता मानेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध आपत्तिजनक अभियान चलाउनु भएका नेता नेपाल सर्वाेच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि प्रचण्डकै निर्देशनअनुसार एमाले फर्किएको घोषणा गरेर पार्टीलाई कमजोर बनाउने अभियान चलाइरहनु भएको छ।

    नेता नेपालकै निर्देशनमा कर्णालीमा चार एमाले सांसद बिक्रि भएपछि भविश्य भएमा एमाले नेताहरु माधवको साथमा नरहने निश्कर्षमा पुगेका हुन।

    images

    यही निश्कर्षमा नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित पूर्वमन्त्री गोकर्ण बिष्टसहितका सांसदहरु पुग्नुभएको हो। बिगतमा माधवतिर लागेपनि अव एमालेमै रहने प्रतिवद्धता जनाउँदै बिष्टसहित आठ प्रतिनिधिसभा सदस्य संस्थापनमा फर्किनु भएको हो। सोही कारण आठै जनालाई एमालेले स्पष्टिकरण सोधेको छैन। प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३४ जना थिए ।

    images

    कृष्णभक्त पोखरेल, गोपाल बम, गंगा चौधरी सतगौंवा र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा हुनुहुन्थ्यो। नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षमा उभिनुभएको थियो। आजसम्म आइपुग्दा नेपालको पक्षमा केवल २७ सांसद रहेका छन।

    उनीहरुमध्ये पनि धेरैजसो बिभाजनमा गए साथ छाडने अडानमा छन। नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढाले संस्थापनमै रहने जानकारी गराउनु भएको छ। सोही कारण तीनै जनालाई स्पष्टीकरण मागिएको छैन।

    बिष्टसहित तीनै जना सांसदले प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएपछि स्पष्टीकरण नमागिएको हो। अव नेपालको पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा चार जना संस्थापनकै साथमा उभिने जनाएका छन ।समानुपातिक सांसद बिना बुढाथोकी मगर, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई संस्थापनमै रहने जानकारी दिएपछि स्पष्टीकरण सोधिएको छैन।

    पार्टीको पक्षमा उभिने अवस्थामा उनीहरूलाई उचित जिम्मेवारी दिइने जानकारी अध्यक्ष ओलीले गराइसक्नु भएको छ। एमाले अध्यक्ष ओलीले बिभाजनको पक्षमा नलागी पार्टीको नीतिमा उभिने जोकोही नेता कार्यकर्तालाई बिगतको भुमिकाको आधारमा कुनै पूर्वाग्रह नराख्ने जनाउ दिइसक्नु भएको छ।

    प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै यस्तो जानकारी गराएपछि माधवतिर लागेका थुप्रै नेता कार्यकर्ता पार्टीमै दृढताका साथ उभिने निश्कर्षमा पुगेका हुन।

    images
    images

    प्रकाशित :बैशाख ८, २०७८ बुधवार - ०८:४१:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij