• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पार्टी विभाजनका विषयमा ओलीले गरेको भित्रि प्लानको झाँक्रीले गरिन ह्वात्तै खुलासा

पार्टी विभाजनका विषयमा ओलीले गरेको भित्रि प्लानको झाँक्रीले गरिन ह्वात्तै खुलासा

images

प्रभाव न्यूज

७ बैशाख २०७८
  • 14.3K
    SHARES
  • images
    पार्टी विभाजनका विषयमा ओलीले गरेको भित्रि प्लानको झाँक्रीले गरिन ह्वात्तै खुलासा
    images
    images
    images

    काठमाडौं - नेकपा (एमाले) को खनाल-नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको लागि २७ सांसदहरुलाई स्पष्टीकरण सोधेको निष्कर्ष निकालेको छ।

    images

    ओलीले आज स्पष्टीकरणपत्र थमाएपछि बानेश्वरमा बसेको खनाल-नेपाल समूहको बैठकपश्चात प्रतिक्रिया दिँदै नेत्री रामकुमारी झाँक्रीले पार्टी विभाजनको पक्षमा ओली एक वर्षअघिदेखि नै रहेको आरोप लगाइन्।

    ०७७ वैशाखमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको र त्यसपछि निरन्तर पार्टी विभाजनको पक्षमा रहेको आरोप पनि उनले लगाइन्।

    आज २७ जनाका लागि सोधिएको स्पष्टीकरण पनि त्यसैको उपज भएको उनको भनाइ थियो। उनले आफूहरुले दल त्याग नगरेको र नयाँ दल खोल्ने पक्षमा नरहेको पनि जानकारी दिइन्।

    images

    खनाल-नेपाल समूहले ओलीले सोधेको स्पष्टीकरणको व्यक्तिगत जवाफ पनि दिने भएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ७, २०७८ मंगलवार - १८:५९:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij