• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


होसियार ! अब २५ जनाभन्दा बढी भेला हुन नपाइने

होसियार ! अब २५ जनाभन्दा बढी भेला हुन नपाइने

images

प्रभाव न्यूज

७ बैशाख २०७८
  • 14.2K
    SHARES
  • images
    होसियार ! अब २५ जनाभन्दा बढी भेला हुन नपाइने
    images
    images
    images

    काठमाडौं- कोरोना महामारीले तीव्र रूप लिँदै गएपछि सरकारले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ।

    images

    सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। तर घरमै डेलिभरी गर्न भने कुनै रोक लगाइएको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाहलगायत कार्य गर्नुपर्ने भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने आदेश जारी गरेको छ।

    यसैगरी सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुललगायत भिडभाड हुने ठाउँलाई भने वैशाखभरि बन्द गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।

    images

    यसैगरी धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्न-गराउन, एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न पनि आदेश दिइएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ७, २०७८ मंगलवार - ०९:०३:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij