काठमाडौं - पछिल्लो चौबीस घण्टामा १ हजार २८१ जना कोभिड १९ संक्रमित थपिएका छन्।
७ हजार ५८४ वटा नमुना परीक्षण गरिएकोमा १ हजार २८१ जनाको नतिजा पोजेटिभ आएको हो। नेपालमा कोभिड १९ संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ। पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ।
कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ।
चौबीस घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टिनमा ८१ जना छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार २५४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा प्रदेश १ मा ४८ जना, २ मा ६५, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७६१, गण्डकीमा ६४, लुम्बिनीमा २०५ र सुदूरपश्चिम प्रदेशमा ८४ जना छन् । कर्णाली प्रदेशमा भने २४ घण्टामा संक्रमित देखिएका छैनन्।