• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अन्तर क्लब फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक, केएफए र योङ व्वाइज यूनाइटेडबिच पहिलो खेल

अन्तर क्लब फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक, केएफए र योङ व्वाइज यूनाइटेडबिच पहिलो खेल

images

प्रभाव न्यूज

३ चैत्र २०७७
  • 27.7K
    SHARES
  • images
    अन्तर क्लब फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक, केएफए र योङ व्वाइज यूनाइटेडबिच पहिलो खेल
    images
    images
    images

    खोटाङको दिक्तेलमा बुधबारदेखि सुरु हुने जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ ।

    images

    ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको खेल तालिका मंगलबार सार्वजनिक गरिएको हो । दिक्तेलको माटिकोरेस्थित केएफएको कार्यालयमा सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेल आयोजक खोटाङ फुटवल एकेडेमी र योङ व्वाइज यूनाइटेड फुटबल क्लव दिक्तेलबिच हुने छ ।

    दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगीता अखिल नेपाल फुटवल संघ ‐एन्फा)का अध्यक्ष कर्माछिरीङ शेर्पाले उद्घाटन गर्ने तय गरिएको छ । यस्तै, प्रतियोगीता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंको समेत उपस्थिति रहने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।

    चन्दा उठाएर आयोजना गरिएको प्रतियोगीतामा १३ टिमबिचमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए । यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

    images

    सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

    images

    अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको एकेडेमीका अध्यक्ष शैंजूले बताए । प्रतियोगीता उद्घाटनका क्रममा पत्रकार र केएफए भेट्रानबिचमा मैत्रीपूर्ण खेल हुने छ ।

    ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।

    केएफएको गीत सार्वजनिक हुँदै जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनको अवशरमा खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । सोही अवशरमा फुटसल सेन्टरलाई निःशुल्क जग्गा दानको कार्यक्रम पनि तय गरिएको अध्यक्ष शैंजूले बताए ।

    images
    images

    प्रकाशित :चैत्र ३, २०७७ मंगलवार - १७:०३:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij