नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै नेकपाभीत्र विवाद चरम उत्कर्षमा पुगेको छ।
काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ।
ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ। कुनै पनि पक्षबाट उजुरी भने नआएको प्रहरीले जनाएको छ।