• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


प्रचण्ड-नेपाल समूहमा ठुलो धक्का, यी प्रभावशाली नेता ओली समूहमा उभिए

प्रचण्ड-नेपाल समूहमा ठुलो धक्का, यी प्रभावशाली नेता ओली समूहमा उभिए

images

प्रभाव न्यूज

२ फाल्गुण २०७७
  • 13.1K
    SHARES
  • images
    प्रचण्ड-नेपाल समूहमा ठुलो धक्का, यी प्रभावशाली नेता ओली समूहमा उभिए
    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल समूह परित्याग गर्नुभएको छ।

    images

    बुटवलमा भएको विशाल आमसभाको भोलीपल्ट घनश्याम भुषालका अत्यन्तनिकट रहेका घिमिरे र चौधरी ओली पक्षमा आउनु भएको हो।

    नेकपा विवादपछि उहाँहरु प्रचण्ड-नेपाल समूहमा सक्रिय रहनु भएको थियो। प्रचण्ड–नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए। घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको हो।

    भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ। नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गर्नुभएको छ।

    images

    बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुग्नु भएको थियो।

    images

    images
    images

    प्रकाशित :फाल्गुण २, २०७७ आइतवार - २१:३४:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij