• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


ओलीले प्रचण्ड र नेपाललाई पक्राउ गर्ने योजनाको यसरी भयो पर्दाफास

ओलीले प्रचण्ड र नेपाललाई पक्राउ गर्ने योजनाको यसरी भयो पर्दाफास

images

प्रभाव न्यूज

२ फाल्गुण २०७७
  • 17.9K
    SHARES
  • images
    ओलीले प्रचण्ड र नेपाललाई पक्राउ गर्ने योजनाको यसरी भयो पर्दाफास
    images
    images
    images

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै दुबै समूह आरोप प्रत्यारोपमा व्यस्त छन्।

    images

    नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै दुई तिहाईको मत पाएको नेकपा त्यहि दिनदेखी दुई समूहमा रहेका छन्। अर्को समूह पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालको छ।

    प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूलाई पक्राउ गर्ने योजना बनाएको बारे रहस्य खोलेका छन्।

    सर्वाेच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा नेता नेपालविरुद्ध परेको रिटमाथि प्रमाण बुझ्ने आदेश दिएकै दिन आज आईतबार उनले पक्राउ गर्ने योजनाबारे मुख खोलेका हुन्। तेह्रथुमको म्याङलुङ बजारमा आईतवार आयोजित विरोध सभामा अध्यक्ष नेपालले नेतृ रामकुमारी झाँक्रीपछि आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने ओलीको योजना रहेपनि सफल हुन नसकेको दाबी गरे। अध्यक्ष नेपालले नेता तर्साउन झाँक्रीपछि आफू र प्रचण्डलाई पक्राउ गर्ने योजना भए पनि झाँक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफैं डराएर पछि हटेको बताएका छन्।

    images

    ‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ। कस्ता फूर्ती कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौं ?’ उनले सोधे। नेता नेपालले ज्ञानेन्द्र जस्ताको सातो लिएको भन्दै केपी ओली कहाँका हुन् भनेर प्रश्न गरेका छन् ।

    images

    उनले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको आरोप समेत बताएका छन्। ‘मुलुकका सारा समस्यामा छलफल गरौं भन्यो सुन्दैनन्, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौं,’ अध्यक्ष नेपालले भने।

    images
    images

    प्रकाशित :फाल्गुण २, २०७७ आइतवार - २१:१२:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij