• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जनयुद्ध दिवसकै दिन प्रचण्डमाथी यस्तो भयो घात, पूर्व जनमुक्ति सेनाको समूहले छोड्यो साथ

जनयुद्ध दिवसकै दिन प्रचण्डमाथी यस्तो भयो घात, पूर्व जनमुक्ति सेनाको समूहले छोड्यो साथ

images

प्रभाव न्यूज

१ फाल्गुण २०७७
  • 16.8K
    SHARES
  • images
    जनयुद्ध दिवसकै दिन प्रचण्डमाथी यस्तो भयो घात, पूर्व जनमुक्ति सेनाको समूहले छोड्यो साथ
    images
    images
    images

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै दुबै समूह अहिले आफ्नै नेता कार्यकर्ता तानातान गर्न लागि परेका छन्।

    images

    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली एउटा समूहमा रहेको छ भने अर्का अध्ययक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल अर्को समूहमा रहेका छन्।

    पूर्वमाओवादीले गर्वका साथ मनाउने गरेको फागुन एक गतेकै दिन पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ।

    माओवादी जनयुद्धको २६ औं वर्ष पुगेकै दिन प्रचण्डको आह्वानमा युद्ध लडेका जनमुक्ति सेनाको एउटा समूहले प्रचण्डसँगको सम्बन्ध बिच्छेदको घोषणा गरेको हो। बुटवलमा भएको पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिने निर्णय गरेको छ। फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर माओवादी जनयुद्धकालमा गठित जनमुक्ति सेनाको राष्ट्रिय भेला बुटवलमा शुरु भएको हो।

    images

    भेलामा देशभरका करिब ६ सय पूर्वलडाकु सहभागी छन्। गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकाले आफ्नो भेलापछि ओलीको सभामा सहभागी हुने पूर्व कमाण्डर दुर्गाप्रसाद चौधरीले बताए।

    images

    ओलीलाई साथ दिने भएपछि भेलामा हिडेका उनिहरुलाई प्रचण्डको प्रत्यक्ष निर्देशनमा बाटोमा अवरोध गरिएको थियो। राष्ट्रिय भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, माओवादी जनयुद्धकालका दुई प्रमुख कमाण्डर टोपवहादुर रायमाझी र लेखराज भट्टले सम्बोधन गरेका छन्।

    images
    images

    प्रकाशित :फाल्गुण १, २०७७ शनिवार - १६:५५:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij