• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

images

प्रभाव न्यूज

२८ बैशाख २०७९
  • 17.6K
    SHARES
  • images
    बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
    images
    images
    images

    काठमाडौं - सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।

    images

    शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भने, ‘आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्। बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो।’

    हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ। नेपाल समाचारपत्र दैनिकबाट

    images
    images

    प्रकाशित :बैशाख २८, २०७९ बुधवार - ०७:३०:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij