• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


चरम गरिबीको पीडा : महिलाको शव सुनकोशीमा, छोराछोरी बेपत्ता

चरम गरिबीको पीडा : महिलाको शव सुनकोशीमा, छोराछोरी बेपत्ता

images

प्रभाव न्यूज

२७ माघ २०७७
  • 24.0K
    SHARES
  • images
    चरम गरिबीको पीडा : महिलाको शव सुनकोशीमा, छोराछोरी बेपत्ता
    images
    images
    images

    सरकारले गरीवका पीडालाई नबुझ्दा गरीवीका कारण वर्षेनी धेरै नेपालीले ज्यान गुमाउनु परेको छ।

    images

    दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदी किनारमा मृत भेटिएकी छन्। उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै बेपत्ता छन्।

    यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ। चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन्।

    मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा डुबर मृत अवस्थामा भेटिएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    images

    छोरी-छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ। दवकी गत शुक्रबार साँझ, दुई सन्तानलाई लिएर घरबाट निस्केकी थिइन्।

    images

    ‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन्।

    तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने।

    images
    images

    प्रकाशित :माघ २७, २०७७ मंगलवार - ०६:५८:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij