• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


निर्मला पन्तको जस्तै घट्यो घटना, भागरथीको बलात्कारपछि निर्मम हत्या

निर्मला पन्तको जस्तै घट्यो घटना, भागरथीको बलात्कारपछि निर्मम हत्या

images

प्रभाव न्यूज

२६ माघ २०७७
  • 20.3K
    SHARES
  • images
    निर्मला पन्तको जस्तै घट्यो घटना, भागरथीको बलात्कारपछि निर्मम हत्या
    images
    images
    images

    बैतडीको दोगडाकेदार नगरपालिका - ७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।

    images

    भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए। उनको घाँटीमा निलडाम रहेको र यौनाङ्गमा पनि घाउ रहेको प्रहरीले जनाएको छ।

    प्रहरिका अनुसार पोष्टमार्टम रिपोर्ट आ सार्वजनिक गर्ने तयारी छ। यसैबीच भट्ट हत्या घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ।

    घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

    images

    यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको छ। यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

    images

    भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब सङ्कलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए। यसैगरी अन्य आवश्यक प्रमाण पनि सङ्कलन भएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ रहेको छ।

    किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ। मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन्।

    बैतडीमा शैक्षिक हडताल

    हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ। विद्यालयबाट घर फर्किरहेको बेला बाटोमा विभत्स रुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए। विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षकहरु बताएका छन्।

    यही माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मृतक किशोरीको शनिबार माघ २४ गते शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी छ।

    मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन्। घटनाको सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताए। जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानूनी दायरामा ल्याउन माग गरेका छन्।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ। जिल्ला अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ।

    नेकपाकै प्रचण्ड-माधव समूहले घटनाको निन्दा गरेको छ। सचिव प्रेमप्रकाश भट्ट आदित्यले एक विज्ञप्ति जारी गर्दै सरकारले यो घटना सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गरेका हुन । नेपाली कांग्रेसले घटना दिनै सम्वेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाइ सार्वजनिक गर्न अपिल गरेको छ।

    जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गरेका छन।

    यो घटना कन्चनपुरकी निर्मला पन्तको घटना जस्तै रहेको छ। निर्मला पन्तको पनि बलात्कारपछि हत्या गरिएको थियो।

    images
    images

    प्रकाशित :माघ २६, २०७७ सोमवार - ०६:५९:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij