• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


ओलीलाई घुँडा टेकाउने भन्दै बाबुरामले ल्याए नयाँ खुराक, यस्तो बन्दैछ सबै दलको भित्री योजना !

ओलीलाई घुँडा टेकाउने भन्दै बाबुरामले ल्याए नयाँ खुराक, यस्तो बन्दैछ सबै दलको भित्री योजना !

images

प्रभाव न्यूज

२४ माघ २०७७
  • 16.8K
    SHARES
  • images
    ओलीलाई घुँडा टेकाउने भन्दै बाबुरामले ल्याए नयाँ खुराक, यस्तो बन्दैछ सबै दलको भित्री योजना !
    images
    images
    images

    काठमाडौं - प्रतिनिधि सभा विघटन गरेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध यति बेला नेपालमा सवै संयन्त्रहरु उत्रिएको अवस्था छ।

    images

    ओलीले सत्ताको बलमा शक्ति प्रर्दशन गरिहेका छन् भने नेकपाबाटै अर्को समूह बनेको प्रचण्ड, नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजबादी पार्टीलगायतका दलहरु संविधान भन्दा विपरित ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रतिनिधि सभा पूनस्र्थापनाको माग सहित सडक आन्दोलनमा छन्।

    यसैक्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयूक्त आन्दोलन गर्न आव्हान गरेका छन्। प्रतिनिधिसभा पूनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरेका हुन्।

    ‘कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना ग-यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन’ उनले भने ।

    images

    ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्यूत्त विकल्प भएको उनको भनाइ छ। ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं’ उनले भने।

    images

    कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरू अलमलिएको उनको दाबी छ।

    images
    images

    प्रकाशित :माघ २४, २०७७ शनिवार - २०:४१:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij