• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नेपालका लागि खुशिको कुरा चीनले पाँच लाख डोज कोरोना खोप दिने

नेपालका लागि खुशिको कुरा चीनले पाँच लाख डोज कोरोना खोप दिने

images

प्रभाव न्यूज

२४ माघ २०७७
  • 13.3K
    SHARES
  • images
    नेपालका लागि खुशिको कुरा चीनले पाँच लाख डोज कोरोना खोप दिने
    images
    images
    images

    काठमाडौँ - चीन सरकारले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ।

    images

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयहरूमा छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    सो क्रममा वाङ यीले नेपालमा हाललाई पाँच लाख खोप अनुदानमा दिने बताएका हुन्। चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता समेत वाङ यीले प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ। ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए।

    अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति भने दिइएको छैन। यसबारे सरकारी अधिकारीहरु छलफलमा छन्।

    images

    यस कारण भारतमा आज चक्काजाम

    images

    भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ ।  किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन्। किसान नेताले तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ।

    २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ। दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन्।

    दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ। नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजिव चोक, केन्द्रीय सचिवालयसमेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ।

    दिल्ली प्रहरीका अनुसार किसानसँग कुनै कुरा हुन सकेको छैन । यसबारे अन्य माध्यममार्फत् किसानले दिल्लीमा चक्का जाम नगर्ने पत्ता लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्।

    किसानले दिल्लीमा चक्काजाम नगर्ने घोषणापश्चात् पनि प्रहरी कुनै पनि प्रकारको स्थितीसँग जुध्नका लागि पूर्ण रुपमा तयार भएको जानकारी दिएको छ।

    images
    images

    प्रकाशित :माघ २४, २०७७ शनिवार - ०७:२९:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij