आफ्नै गाडीले किचेर झापामा शुक्रबार सहचालकको मृत्यु भएको छ।
पश्चिमबाट आएको को १ ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो।
मेचीनगर–६ स्थित काँकडभिट्टा बसपार्कमा बसको ढोकाबाट चिप्लिएर लडेपछि पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बससहित चालक मोरङका २८ वर्षीय सबिन धिमाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।