• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


हावा मडारिएर लाग्यो चीनतर्फ, नेपालमा आउँदैछ यस्तो अवस्था

हावा मडारिएर लाग्यो चीनतर्फ, नेपालमा आउँदैछ यस्तो अवस्था

images

प्रभाव न्यूज

२३ माघ २०७७
  • 20.3K
    SHARES
  • images
    हावा मडारिएर लाग्यो चीनतर्फ, नेपालमा आउँदैछ यस्तो अवस्था
    images
    images
    images

    नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ।

    images

    लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भए पनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसमविद्ले बताएका छन्।

    अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाण्डौ उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ। हावा हिमाली क्षेत्रतर्फ केन्द्रित भएकाले शुक्रवार (आज) राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए। तर पहाडी क्षेत्रमा भने शुक्रवार पश्चिमबाट मौसम खुल्दै आएको छ ।

    शुक्रवार बेलुकीबाट पश्चिम हुँदै काठमाण्डौसम्मको मौसम खुल्ने र शनिवार (भोलि) काठमाण्डौ उपत्यकाबाट पूर्व प्रदेश १ को पहाडी क्षेत्रमा बदली भइ सामान्य पानी पर्ने उहाँले बताए। तर पूर्वमा पनि पानी सामान्यमात्र पर्ने र शनिवार बेलुकाबाट मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईमा पनि सामान्य बादल लागेको छ ।

    images

    तर शुक्रवार पश्चिम पहाडबाट मौसम खुल्दै शनिवार बेलुकासम्म तराईका सबै ठाउँमा मौसम खुल्ने मौसमविद् सापकोटाले बताए। हिमाली क्षेत्रमा हिमपात भए पनि पहाड तथा तराईमा वर्षा भने सोचे जति नहुने उहाँको भनाइ छ ।

    images

    images
    images

    प्रकाशित :माघ २३, २०७७ शुक्रवार - २०:०२:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij