काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समूहले आजको आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ।
कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए ।
‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन्।
ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’