• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


खोटाङमा खलासीले बसबाट हुत्याइदिए बृद्धालाई, किचेर मारिदिए चालकले 

खोटाङमा खलासीले बसबाट हुत्याइदिए बृद्धालाई, किचेर मारिदिए चालकले 

images

प्रभाव न्यूज

१९ माघ २०७७
  • 123.3K
    SHARES
  • images
    खोटाङमा खलासीले बसबाट हुत्याइदिए बृद्धालाई, किचेर मारिदिए चालकले 
    images
    images
    images

    खोटाङमा बसले किच्दा एक बृद्धाको मृत्यु भएको छ। बसले किच्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–३ छोरम्बुकी ७२ वर्षीया चन्द्र कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो।

    images

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको छितापोखरीबाट उदयपुरको गाइघाट जानेक्रममा सोमबार बिहान छोरम्बुको रुमालुङमा यात्रु चडाउनेक्रममा बसले बृद्धालाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । 

    आफ्नी बुहारी र नातिनातिनीलाई गाइघाट पठाउन गाडी चडाउन आएकी बृद्धालाई ना ५ ख ९०२२ नम्बरको बसले किचेको र बृद्धाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    बुहारी र नातिनातिनीलाई बिदाई गर्नेक्रममा गाडीमा चडेकी बृद्धालाई सहचालकले आफूहरुलाई ढिला भएको भन्दै ढोकाबाट हुत्याएको र चालकले तत्कालै गाडी चलाएर किचेर मारेको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष इन्द्र बहादुर बस्नेतले प्रभाव न्यूजलाई जानकारी दिए ।

    images


    गाडी र चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक र सहचालकको नाम खुलीसकेको छैन्। 

    images

    images
    images

    प्रकाशित :माघ १९, २०७७ सोमवार - १०:३६:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij