• मंगलवार, मंसिर २ गते २०८३

TRENDING :

Logo

Nov 17 2026 | २०८३, मंसिर २गते


कांग्रेस प्रदेश १ को महामन्त्रीमा खोटाङका भूपेन्द्र राई विजयी, को हुन भूपेन्द्र?

कांग्रेस प्रदेश १ को महामन्त्रीमा खोटाङका भूपेन्द्र राई विजयी, को हुन भूपेन्द्र?

images

प्रभाव न्यूज

२० मंसिर २०७८
  • 44.8K
    SHARES
  • images
    कांग्रेस प्रदेश १ को महामन्त्रीमा खोटाङका भूपेन्द्र राई विजयी, को हुन भूपेन्द्र?
    images
    images
    images

    नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिको महामन्त्री पदमा खोटाङका यूवा नेता भूपेन्द्र राई विजयी भएका छन्।

    images

    १७५२ मत खसेकोमा राईले ८२७ पहिलो मत पाएका छन्।

    को हुन भूपेन्द्र ?

    हाल खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको निर्वाचित गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको जन्म २०३५ असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो।

    images

    महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेवाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए।

    images

    प्रवेशिका परीक्षा उतिर्णसँगै राई विधार्थी राजनीतिमा सक्रिय भए। प्रवेशिका परीक्षा उतिर्णपछि उच्च शिक्षाका लागि शहर हिडेका राईले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंबाट विए, २०६२-०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरबाट इतिहास विषयमा स्नातकोत्तर सके।

    इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान पनि हाँसिल गरे। २०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाइकोे उपसभापति भएका उनी सोही र्षमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बने।

    २०५७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाइ सभापति भएका उनले त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए, २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर उनी पराजित हुन पुगे।

    नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विधार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला खोटाङ फर्के। पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रिय सभापतिमा उम्मेद्वारी पनि दिए।

    फलस्वरुपः निर्वाचित क्षेत्रिय सभापतिले पार्टीका विरुद्ध बागी उम्मेद्वारी दिएपछि भएको विशेष क्षेत्रीय अधिवेशनमा पनि क्षेत्रीय सभापतिका उम्मेद्वारी दिएका उनी जिल्ला कार्य समिति सदस्य बने र संगठन विभाग प्रमुख भएर जिम्मेवारी सम्हाले।

    छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भए।

    भर्खरै सम्पन्न १४ औं महाधिवेशन अन्तरगत खोटाङको सातौं जिल्ला अधिवेशनमा पनि राई भारी मतका साथ संघीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

    images
    images

    प्रकाशित :मंसिर २०, २०७८ सोमवार - ०१:३३:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij