खोटाङ - नेपाली कांग्रेसको प्रदेश १ को महामन्त्री र सह-महामन्त्रीमा खोटाङको उम्मेद्वारी परेको छ।
प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन्।
यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता बिरकाजी राईले सह–महामन्त्रीमा उम्मेद्वारी दिएका छन्।
प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन्। उनी कोभिड–१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पु¥याएर चर्चा कमाएका थिए।
महामन्त्रीका प्रत्यासी राई सँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राई, शान्तिकला राई र लोकेन्द्र राईले सदस्यमा मनोनयन दर्ता गरेका नेता अमृत गिरीले बताए।
सह–महामन्त्रीसँगै प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिं ठकुरी, गोपाल सैंजू र अञ्जना केसी बस्नेतले उम्मेद्वारी दिएको नेता राजकुमार बस्नेतले बताए।
प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोईराला समुहबाट घिमिरे तथा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहबाट थापा उठेका छन्।