काठमाडौं - नेपाली कांग्रेसका यवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रधामन्त्री केपी ओलीले निर्वाचन गराउनका लागि संसद भङ्ग गरेको भ्रममा पर्न नहुने बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चापागाइँले ओलीले संविधानको उल्लंघन गरेको बताए।
उनले संविधानको रक्षाका लागि तरुणहरू बलिदान दिन तयार रहेको बताएका छन् । कम्युनिस्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाभित्रको हर्कतको भण्डाफोर गरेका कांग्रेस नेता चापागाइँले भने, ‘को–पाइलट भएर बसेका थिए ।
प्लेन उडेपछि केपी ओलीले को–पाइलटलाई लात्ताले हानेर उडिसकेका छन् ।’ ‘पाइलटको भाषणबाट नेपाली जनताले कम्युनिस्टको झुठ र अन्याय हामीले बुझ्न जरुरी छ’, उनले भने ।