काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा लेखिने बताएका छन्।
शहीदको बलिदानमा सम्मान गर्दै ओलीको असंवैधानिक कदमविरुद्ध शान्ति वाटिकामा आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले यस्तो बोलेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केही समुहको प्रशंसालाई सारा जनताको सोचेर भुल गरिरहेको बताएका छन्।
थापाले यस विषयमा एक चोटी आँखा चिम्म गरेर सोच्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।
उनले ओलीको संवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसको विरोध गर्ने नै एक मात्र रणनीति भएको जानकारी दिएका छन्।