कात्तिक १६, खोटाङ - नेकपा माओवादी केन्द्रमा आवद्ध रहेका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् हलेसी तुवाचुङ नगरपालिकाका सचीव कुमार बुढाथोकीको नेतृत्वमा वडा नम्बर ११ राजापानीका २४ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित अघि बढेको नेकपाको निरन्तरता नेकपा एमाले नै रहेको भन्दै २४ जना नेताहरुले विज्ञप्ती जारी गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन्।
जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख गर्दै उनीहरुले विज्ञप्ती जारी गरेका छन्।
