असोज १२ खोटाङ - नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका मिटर रिडर मनोरथ वास्तोला मृत फेला परेका छन।
मिटर रिडिङका लागि रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको तिर्पा पुगेका मिटर रिडर वास्तोला बास बसेकै ठाउँमा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा निवासी बास्तोला विगत ५,६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा मिटर रिडरका रुपमा काम गर्दै आएका थिए।
सोमबार बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा वास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ।
मिटर रिडर वास्तोला स्थानीय राजकुमार खत्रीको घरमा बास बसेका थिए। उनको मृत्युको कारण खुलेको छैन।। उनको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ।