असोज १०, खोटाङ - खोटाङको चार पालिकामा सर्वसहमतीमा कांग्रेसको नगरसभापति चुनिएका छन्।
जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/ गाउँपालिका अधिबेसन अन्तरगत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतीमा कांग्रेसको पालिका सभापति लगायत चयन गरिएको हो ।
ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकाका दिपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ र साकेला गाउँपालिकाका बिजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन्।
यस्तै, चुनावी प्रकृयाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएको कांग्रेसले जनाएको छ।
हलेसी तुवाचुङ नगरपालिकामा चक्र कुमार राई र केपिलासगढी गाउँपालिकामा हेमन्त राई विजयी भएका छन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिबेसन भने आज हुँदैछ।