नेपाली कांग्रेसको १४ औं महाधिवेशन सन्निकट छ। खोटाङ जिल्लाको सातौं अधिवेशनको पनि सरगर्मी बढेको छ। विगतका अधिवेशन भन्दा यस पटकको अधिवेशन लोभलाग्दो छ। जिल्लाका ७९ वटै वडा अधिवेशनबाट अधिकांस युवाहरु क्षेत्रीय प्रतिनिधिमा छनौट भएका छन्।
पार्टीलाई सक्षम, सवल, रहर लाग्दो र भर लाग्दो बनाउन युवाहरु वडा, पालिका, क्षेत्र र जिल्लामा समेत भुमिकामा रहने दाउमा छन्।
आगामी अधिवेशनमा खोटाङका युवा नेता कमल गिरीले हलेसी नगर सचिवको उम्मेद्वारी घोषणा गरेका छन्। १५ वर्षभन्दा वढी कांग्रेसको क्रियाशिल राजनीति गरिरहेका गिरीले ९ असोजमा हुने पहिलो नगर अधिवेशनमा सभापतिका उम्मेद्वार चक्रकुमार राईको टिमवाट हलेसी तुवाचुङ नगरपालिकाको नगर सचिवको उम्मेद्वारी दिएका छन्।
२०४३ चैत्र २३ गते साविकको महादेवस्थान तथा हालको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा जन्मिएका गिरीले महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीवाट २०६१ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका हुन्। गाउँमै उच्च शिक्षा अध्ययन गर्ने र जानेबुझेको गर्ने संकल्प लिएर उनले प्रवेशिका परीक्षा उतिर्ण गरेको विद्यालयमै २०६३ सालमा उच्च शिक्षा अध्ययन गरे।
प्रविणता प्रमाण पत्र तह उतिर्ण गरेर ब्याचलर पनि सोही विद्यालयमा अध्ययन गरेका गिरीले ०६३ सालबाट नै राजनीति सुरु गरेका हुन्। राजनीतिमा लागेका गिरी सुरुवातमै नेपाल विधार्थी संघ‐नेविसंघ)को क्षेत्रिय सभापति बने। यसले उनको राजनीतिक हाइट बढायो। नेविसंघको राजनीति गर्दै राजनीतिक धरातलमा उत्रेका उनले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिए।
जनताले उनैलाई चुनाव लड्न माग गरे। महादेवस्थान वडाको वडाध्यक्ष पदका लागि चुनाव लडेका उनी बिडम्बना झिनो मतान्तरले उपविजेता बनेका थिए। चुनावमा पराजय भएका गिरीले काम भने चुनाव जितेकाले झै जनताका लागि गरेका भेटिन्छन्। दुःखमा जनता उनैलाई सम्झन्छन्। कांग्रेसको क्रियाशिल राजनीति गरिरहेका उनी सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल छन्।
उनले दर्जनौ समाजसेवा गरेका छन्। गरीब दुखीको पीडामा मल्हम लगाउन उनी नै अघि सर्छन्। नेतृत्व सम्हाल्ने अवसर नपाएका उनी यो पटक क्षेत्रीय प्रतिनिधिले हलेसी नगर सचिवमा जिताए हलेसी कांग्रेसलाई मजुवत, युवापुस्तामय, वयष्क, प्रौढ सवै–सवैको पार्टी बनाउने योजनामा छन्। हलेसी क्षेत्रमा सबैको कुरा चाँहि के छ भने कांग्रेस चाँहि अलिक अग्रजहरुको पार्टी छ।
यसलाई अग्रजहरुले मात्रै हाँकिरहेका छन् भन्ने जुन मानशिकता छ। गिरीले भने, ‘त्यसलाई चाँहि युवाहरुले नै यो पार्टीको नेतृत्व गरी अग्रजहरुलाई सम्मान गर्दै अगाडी बढेर पार्टीलाई दु्रत गतिमा सांगठनिक र राजनीतिक हिसाबमा अगाडी बढाउनु छ।’
यसलाई अग्रजहरुले मात्रै हाँकिरहेका छन् भन्ने जुन मानशिकता छ। गिरीले भने, ‘त्यसलाई चाँहि युवाहरुले नै यो पार्टीको नेतृत्व गरी अग्रजहरुलाई सम्मान गर्दै अगाडी बढेर पार्टीलाई दु्रत गतिमा सांगठनिक र राजनीतिक हिसाबमा अगाडी बढाउनु छ।’
हलेसी तुवाचुङ नगरपालिकाको विकासका लागि म र मेरो नेतृत्वहरुको आवश्यकता छ। उनले थपे, “त्यसैले क्षेत्रीय प्रतिनिधिहरुले हाम्रो हैन, राम्रो युवाहरुलाई नेतृत्वमा ल्याउन अहिलेको आवश्यकता देखेको छु।
सधैं उर्जाशिल, सधैं हँसिलो देखिने कमल हलेसी क्षेत्रमा एक नक्षेत्र नै हुन्। उनी जनताका सानादेखी ठुला समस्यामा जनतासँगै रहन्छन्। भोक तिर्खाको प्यास लागेपनि काँही कसैलाई समस्या खड्किएको जानकारी पाउनसाथ उनी सो समस्या हल गर्न लाग्छन्।
सधैं उर्जाशिल, सधैं हँसिलो देखिने कमल हलेसी क्षेत्रमा एक नक्षेत्र नै हुन्। उनी जनताका सानादेखी ठुला समस्यामा जनतासँगै रहन्छन्। भोक तिर्खाको प्यास लागेपनि काँही कसैलाई समस्या खड्किएको जानकारी पाउनसाथ उनी सो समस्या हल गर्न लाग्छन्।
हो, वास्तवमा जनतालाई भगवान मान्ने नेता नै आजको आवश्यकता हो। आफनो स्वार्थलाई विर्सिएर जनताको मनमा बस्नेलाई नै तपाईं हामी जो कोहीले साथ सहयोग गर्ने हो। समक्ष र सहयोगी मानिसलाई आजको राजनीतिमा उदाउन मद्धत गर्ने हो।
त्यसैले कमललाई हलेसी क्षेत्रका मतदाताले कमल फुल जस्तो बनाउन कन्जुसाईं गर्न हुन्न।