नेपाली कांग्रेसको अधिवेशन सन्निकट छ। कांग्रेसको वडा, पालिका, प्रदेश, जिल्ला र केन्द्रमा अधिवेशन तथा महाधिवेशनको चटारो सुरु भएको छ।
आन्तरिक प्रतिस्पर्दा हुने यस अधिवेशनमा नेताहरु दौडधुपमा रहेका छन्। कांग्रेस खोटाङमा पनि अधिवेशनको माहोल सुरु भएको छ।
अधिवेशनबाट पार्टीभित्र नेता छनौट हुने भएकोले हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–४ बडहरे घर भएका कांग्रेसका युवा नेता किशोर कुमार वस्नेतले कांग्रेसमा राजनीति गर्ने सवै पुस्ताको सम्बोधन गर्न नगर सचिवको उम्मेद्वारी घोषणा गरेका छन्।
कांग्रेसको आसन्न नगर अधिबेशनमा हलेसी नगर समितिको चक्रकुमार राई सभापति रहेको टिमबाट नगर सचिवको उम्मेद्वारी दिने घोषणा गरेका वस्नेतले हलेसी तुवाचुङ नगरपालिकाभित्र कांग्रेसको क्रियाशिल राजनीति गर्ने सवै पुस्ताका नेता कार्यकर्ताको सम्बोधन गर्नका लागि उम्मेद्वारी दिने भएका हुन्।
मुलुकमा नयाँ संरचना बनिसकेपछि नगर अधिबेशन पहिलो अधिबेशन हो। जबसम्म नगरपालिका गाउँपालिकाको सांगठनिक संरचना बलियो हुन्छ। अनि मात्रै त्यस पछाडिको संरचना बलियो हुने अहिलेको अधिबेशनले त्यो दृष्टान्त गर्छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका हालको निर्वाचित वडाध्यक्ष समेत रहेका बस्नेतले भने, हलेसी तुवाचुङ नगरपालिकाभित्र विचारका कुरा, सैदान्तिक कुरा, आ–आफ्नो क्षमताका कुरा जिम्मेवारी पूरा गर्दै जाने क्रममा आउने कुराहरु होला।’
प्रत्येक स्थानीय तहको नयाँ संरचनालाई बलियो बनाउनका निम्ति अग्रजहरुलाई सम्मान गर्दै नगर सचिवको उम्मेद्वार घोषणा गरेको हुँ। मलाई अन्य अफरहरु पनि थियो। बस्नेतले भने, ‘हलेसीभित्र नै एक पटक क्रियाशिल हुनुपर्छ। जनताबाट निर्वाचित वडाध्यक्ष भएको हैसियतले नेतृत्वको अनुभव गरिरहेको छु, त्यो भूमिकालाई अत्यन्तै सहज र शान्दर्भिक ढंगवाट निभाउन पनि सक्छु।’
कांग्रेस हलेसी नगर सचिवको उम्मेद्वारी घोषणा गरेका बस्नेत लगायत सभापतिको उम्मेद्वारी घोषणा गरेका राईलाई क्षेत्र नं. १ का क्षेत्रिय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, महाधिबेशन प्रतिनिधि जितेन्द्र सिं ठकुरी, नेविसंघका सभापति राजकुमार वस्नेत लगायतको समर्थन छ। सो टिममा उप–सभापति काशीराज राई, देवेन्द्र राई, सचिव कमल गिरी र वस्नेत तथा सह–सचिवमा खेमराज कार्की र युवराज कार्की छन्।
को हुन् नगर सचिवको उम्मेद्वारी घोषणा गरेका वस्नेत
हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका हालको निर्वाचित वडाध्यक्ष किशोर कुमार वस्नेत कांग्रेसको क्रियाशिल राजनीति गरिरहेका एक शसक्क्त युवा नेता हुन्।
२०४७ चैत ४ गते बडहरेमा जन्मिएका वस्नेतले लक्ष्मी माध्यमिक विद्यालय खोक्सेलीवाट प्रवेशिका परीक्षा उतिर्ण गरेका हुन्। आदर्श उच्च माध्यमिक विराटनगरबाट प्रविणता प्रमाण पत्र तह उतिर्ण गरेका उनले कोशी बहुमुखी क्याम्पसबाट डिप्लोमा अध्यययन गरेका हुन्।
आफैले प्रवेशिका परीक्षा उतिर्ण गरेको विद्यालयमा चारवर्ष शिक्षण पेशा समेत गरेका बस्नेतको पारिवारीक पृष्ठभूमि राजनीतिक पृष्ठभूमि हो।
उच्च शिक्षा अध्ययन गरेका विद्यालयहरु संस्थागत विद्यालय भएका कारण उनले खासै विधार्थी जीवनमा राजनीति गर्न पाएनन्। केही रुपमा राजनीति गरेता पनि गाउँमा आएर शिक्षण पेशा थालेपछि त्यो पनि अन्तिम जस्तै भएको थियो।
राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका उनले अन्ततः शिक्षण पेशावाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको चुनाव लडे। फलस्वरुपः उनले वडाध्यक्ष पद जिते।
अहिले उनी सम्पूर्ण जनताको मन जित्न सफल जनप्रतिनिधि भएका छन्। तिनै अनुभवहरुलाई लिएर नगर सचिवमा उम्मेद्वारी घोषणा गरेको बस्नेतको भनाई छ।