अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) खोटाङको १८ औँ जिल्ला सम्मेलन आगामी पुषमा हुने भएको छ।
अखिल क्रान्तिकारी खोटाङले आइतबार पत्रकार सम्मलेन गरेर १८ औँ जिल्ला सम्मेलन आगामी पुस ९ र १० गते गर्ने मिति तय भएको जानकारी गराएको हो। अखिल क्रान्तिकारीको शनिबार सम्पन्न जिल्ला भेलाको पहिलो बैठकले जिल्ला सम्मेलन एबम् १८ औं जिल्ला अधिवेसनको मिति तय गरेको जिल्ला इन्चार्ज पर्वत चाम्लिङले जानकारी दिनुभयो ।
डिआर खडकाको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको अखिल क्रान्तिकारी खोटाङले अधिवेसन सफल बनाउन विभिन्न ७ उपसमिति गठन गरेको जनाएको छ।
जिल्ला अधिवेशन आयोजक समितिका संयोजक डिआर खड्काको संयोजकत्वमा आर्थिक विभाग र प्रतिवेदन लेखन समिति, एकराज बुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार समिति, दर्शन पुमा राईको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति, अस्मिना राईको संयोजकत्वमा प्रतिनिधि परीवेक्षक तथा अतिथि सत्कार समिति निर्माण गरिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज पर्वत चाम्लिङले जानकारी दिनुभयो।
यस्तै रमिला बाँस्तोलाको संयोजकत्वमा संगठन निर्माण समिति र अजय गदालको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति निर्माण गरिएको ईन्चार्ज राईले जानकारी दिनुभयो। पुषमा हुने जिल्ला अबिधेसनका लागि मंशिर २५ भित्र गाँउ तथा नगर अधिवेसन सम्पन्न गरिसक्ने अखिल क्रान्तिकारी खोटाङले जनाएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) खोटाङले एमसिसि संझौता नेपालको हितमा नरहेको भन्दै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, विद्यार्थी, शिक्षक, प्राध्यापकलगायतसँग छलफल तथा बहस गर्ने जनाएको छ।
विद्यार्थी सङ्गठनले पार्टी नेतृहरुलाई समेत सचेत गराउँदै सङ्घीयता, समावेशिता र धर्म निरपेक्षलाई स्थापित गर्न र आगामी दिनको शैक्षिक आन्दोलन कस्तो बनाउने भन्नेबारे बहस गरिने समेत संयोजक खड्काले जानकारी दिनुभयो।