• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बिना टिम, बिना गुट, नगर सभापतिमा कांग्रेस नेता रामचन्द्र बने उम्मेद्वार 

बिना टिम, बिना गुट, नगर सभापतिमा कांग्रेस नेता रामचन्द्र बने उम्मेद्वार 

images

प्रभाव न्यूज

२२ भाद्र २०७८
  • 15.3K
    SHARES
  • images
    बिना टिम, बिना गुट, नगर सभापतिमा कांग्रेस नेता रामचन्द्र बने उम्मेद्वार 
    images
    images
    images

    भदौ २२, खोटाङ-  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका निर्वाचित वडाध्यक्ष रामचन्द्र राई नेपाली कांग्रेसका जुझारु युवा नेता हुन्। ३५ वर्षीय युवा नेता राईले आगामी भदौ २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा हुने नगर अधिबेशनका लागि सबैभन्दा पहिला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन्। यसले उनको राजनीतिक उचाई बढाएको छ।

    images


    बि.स २०४३ साल मंसिर १६ गते आमा रामशोभा राई र बुबा हर्कराज राईको जेठा छोराको रुपमा खार्मीमा जन्मिएका उनले २०६० सालमा कालिका मावि खार्मीबाट एसएलसी उतीर्ण गरेका हुन्। प्रवेशिका परीक्षा उतीर्णसँगै पशुपति क्याम्पस काठमाडौ र आरआर क्याम्पस काठमाण्डौबाट उच्च शिक्षा हाँसिल गरेका हुन्।


    उनको राजनीतिक यात्रा भने पशुपति क्याम्पस काठमाण्डौदेखि २०६२ साबाट सुरुवात भएको हो। नेविसंघको क्याम्पस इकाई समिति सदस्य पदवाट राजनीति सुरु गरेका उनले संम्भवतः राजनीतिमा पछाडी फर्केर हेर्नु परेन। राजनीतिक उत्तारचढावका वावजुद उपल्लो पदहरु नपाए पनि उनी पार्टीमा क्रियाशिल भईरहे। खटिरहे।


    यसरी बनेका थिए गाविस सभापति

    images


    बि.स २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दिलो ज्यान दिएर खटेका उनी अन्ततः खार्मीको गाउँ कार्य समिति सभापति बनेरै छोडे । यसले उनको राजनीतिमा अर्को ईटा थपीदियो।

    images

    २०७३ सालको छैटौ जिल्ला अधिबेशनबाट खार्मीको गाउँ कार्य समिति सभापति बन्नमा जिल्लाका सिनियर नेताको हात थियो। पशुपति क्याम्पसमा नेविसंघको क्याम्पस इकाई समितिको सदस्य पदमा वसेर राजनीति गरिरहेका उनलाई आफ्नो गाउँमा गएर राजनीति गर्नमा सिनियर नेताहरुले पुस गरेका थिए।
    तिनै सिनियर नेताहरुका कारण आफू खार्मीको गाउँ कार्य समिति सभापति बनेको उनले बताए।

    वडाध्यक्षमा उनकै वर्चस्व

    मुलुकमा संघीयता लागू भएपछिको पहिलो स्थानीय चुनावमा कम्युनिष्टको गड मानिएको खार्मीमा उनले वडाध्यक्ष पद पनि जिते। पार्टीको कमजोर संगठन र कम्युनिष्टको पेलाईका वीचमा खार्मीको वडाध्यक्ष पदमा उनैले बाजी मारे।

    यतिसम्म कि आफ्नो सेट नै जिताईदिए।वडाध्यक्ष बनेपछि उनले जनताको कामसँगै संगठन विस्तारलाई त्यतिकै प्राथमिकता दिए। वडामा विवादरहित काम गर्नमा उनी सफल भए।

    अब्बल कामहरु गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यपालिका वैठक र नगरसभाहरुमा उनी एक्लैले सिङगो कांग्रेसको प्रतिनिधित्व गर्दै प्रतिपक्षको आवाज उठाउदै आए। प्रतिपक्षको भूमिकामा जोडदार लागे/लागिरहे।

    नगरपालिकामा प्रतिपक्षको भूमिकामा रहेर नगरको बेतिथिलाई जनता समक्ष उजागर गरेर सच्याउन वाध्य समेत बनाएको उनी बताउँछन् ।

    नगर सभापतिमा उम्मेद्वारी किन ?

    बिना टिम, बिना गुट दिक्तेल नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका राईले सभापति जितेको खण्डमा संगठन विस्तार र मजवुतीलाई प्रथम प्राथमिकता दिने बताएका छन्। आगामी स्थानीय निर्वाचनमा नगरपालिका जिताउनका निमित्त अहम भूमिका खेल्ने उनको योजना छ।


    १२ महिनामा ६ महिना १५ वटै वडामा पुगेर संगठन विस्तार र वडा समितिको समस्या हल गर्ने, वडा समितिलाई चलयमान राख्ने, वडा समितिलाई प्रत्येक टोलमा टोल समिति गठन गर्न लगाउने, वडा समितिको समस्यालाई जिल्ला कार्य समितिमा ल्याई पेश गर्ने, नगर समिति र १५ वडाका वडा सभापतिको समिक्षा वैठक ६÷६ महिनामा गराउने राईको योजना छ।


    विकास निर्माणको अनुगमन र अनियमिततको समिक्षा गरी वडा सभापतिवाट रिपोर्ट लिने, रिपोर्ट लिएपछि नगर समिति फिल्डमा गएर विकास निर्माणको वास्तविकता बुझ्ने र वाहिर ल्याउने, पछाडी परेका भुगोल हेरी विकासमा जोड दिने, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा भएको समस्याहरु समाधान गर्न पहल गर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चलयमान बनाउन पहल गरिने, युवा तथा खेलकुदमा प्रत्यक्ष संलग्नता/सहभागिताका लागि नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा भएको नेता राईले बताउनुभयो।

    पहिला बजार केन्द्रीत नेतृत्व भएकाले गाउँकाले पनि नेतृत्व गर्न सक्षम छ भन्नका लागि, युवा पुस्तामा नेतृत्व ल्याउनका लागि आफ्नो उम्मेदवारी घोषणा भएको नेता राईको भनाई छ। नगर सभापतिमा देखिएका आकाङक्षी मध्ये राई सबैभन्दा कान्छो नेता हुन्।

    images
    images

    प्रकाशित :भाद्र २२, २०७८ मंगलवार - १४:०६:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij