• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिक्तेल नगर सभापतिमा कांग्रेसका यी चार नेताको घम्साघम्सी!

दिक्तेल नगर सभापतिमा कांग्रेसका यी चार नेताको घम्साघम्सी!

images

प्रभाव न्यूज

२२ भाद्र २०७८
  • 15.0K
    SHARES
  • images
    दिक्तेल नगर सभापतिमा कांग्रेसका यी चार नेताको घम्साघम्सी!
    images
    images
    images

    भदौ २२, खोटाङ -  नेपाली कांग्रेस खोटाङको ७८ वडाको वडा अधिबेशन सकिएसँगै गाउँपालिका तथा नगरपालिकामा को सभापति उठ्ने-उठाइने भनेर कांग्रेसमा घम्साघम्सी हुन थालेको छ।

    images

    को बलियो भनेर भित्री रुपमा शक्ति संघर्ष भइरहेको देखिन्छ।

    जिल्लाभर ७९ वडा भए पनि मनोनयन विवादका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडको वडा अधिबेशन स्थगित छ। त्यहाँ २३ भदौ (भोली) वडा अधिबेशन हुने पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए।

    गाउँपालिका सभापति तथा नगरपालिका सभापतिका आकाङक्षी उम्मेद्वारहरु यतिबेला खाई नखाई आ–आफ्नो नगरपालिका तथा गाउँपालिकामा प्रतिनिधिलाई भेटेर रिझाउनमा व्यस्त छन्।

    images

    जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अधिबेशनलाई भने निक्कै महत्वका साथमा हेरिएको छ। दिक्तेलमा चार जना नगर सभापतिका आकाङक्षी उम्मेद्वार देखिएका छन्। खार्मीका निर्वाचित वडाध्यक्ष रामचन्द्र राईले त दिक्तेल नगर सभापतिका लागि १३ भदौमा पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरिसकेका छन्।

    images

    ३५ वर्षीय राईले बिना गुट, बिना टिम नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका छन्। यस्तै, दिक्तेल नगर सभापतिको आकाङक्षी उम्मेद्वारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर्वाचित वडा सदस्य प्रकाश श्रेष्ठ छन्।

    श्रेष्ठ दिक्तेलका स्थानीय हुन्। यसैगरी, नगर सभापतिकै अन्य आकाङक्षी उम्मेद्वारहरुमा दिक्तेलबजारकै ईन्द्र घिमिरे र राजन सैंजु छन्। राई, श्रेष्ठ, घिमिरे र सैंजु यतिबेला वडा–वडामा पुगेर प्रतिनिधि भेटघाटमा व्यस्त छन्।

    आफूलाई जिताउन आग्रह गरीरहेका छन्। श्रेष्ठ, घिमिरे र सैंजु नगर सभापतिको आकाङक्षी उम्मेद्वार देखिए पनि औपचारिक रुपमा भने उम्मेद्वारीको घोषणा गरेका छैनन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३०८ जना क्षेत्रिय प्रतिनिधि हुनेछन्।

    २७ भदौमा जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा गाउँपालिका÷नगरपालिकाको अधिबेशन हुनेछ।

    images
    images

    प्रकाशित :भाद्र २२, २०७८ मंगलवार - १३:५२:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij